मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। सरकारी वकिलको कार्यालयमा उपस्थित गराएपछि उनलाई आजै म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँमा लगिने छ।

प्रहरीले उनलाई शुक्रबार काठमाडौँको बौद्ध क्षेत्रबाट पक्राउ गरेको थियो। शनिबार सार्वजनिक बिदा परेकोले थापालाई म्याद थपका लागि आइतबार अदालतमा पेश गरिने तयारी गरिएको हो।

प्रतीक थापा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्।

 

 

तपाईको प्रतिक्रिया