मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, र कोषाध्यक्ष अमृतकुमार अर्याललाई प्रहरीले सार्वजनिक गरेको छ। यसैगरी, सहकारीका सदस्य कदमबाबा जोशी प्रधानलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको छ।

सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोपमा उनीहरू शुक्रबार पक्राउ परेका थिए। रकम ठगीको आरोपमा उनीहरुविरुद्ध गत चैत १ मा मुद्दा दायर गरिएको थियो। प्रहरीले ९ जनाविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान सुरु गरेको थियो।

तपाईको प्रतिक्रिया