मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बैतडीको मेलौली नगरपालिका-३ तल्खेतमा सु.प.प्र. ०१-००२ त ४३७० नम्बरको ट्रयाक्टर एक घरको छतमा खसेको छ।

यस घटनामा दुई बालिका घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जनाएका छन्। घाइते बालिकाहरूमा सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द रहेका छन्। दुवै जनाको उपचार पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।

प्रहरीका अनुसार ढुंगा बोक्दै गरेको ट्रयाक्टर सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको थियो, जसले गर्दा घरमा पनि क्षति पुगेको छ। ट्रयाक्टर चालक धनीराम डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा उनी सामान्य घाइते भएका छन्।

तपाईको प्रतिक्रिया