मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनले खैलाबैला मच्चिएको छ ।

महामन्त्रीले नै पार्टी संकटमा रहेको प्रतिवेदन सभापतिलाई बुझाएपछि रास्वपाका नेता कार्यकर्तामा सन्नाटा छाएको छ । महामन्त्री ढकालले ३९ जिल्ला पुगेर प्रतिवेदन तयार पारेका थिए ।

यसैबिचमा रास्वपाले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । बैठक बुधवारलाई तोकिएको छ । यता, महामन्त्री ढकालले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् ।

बैठकमा समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची राखिएकोले बैठक लाइभ गर्नुपर्ने उनले माग गरेका हुन् । तर, महामन्त्रीको प्रस्तावमा पार्टी सभापति तथा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने कुनै जवाफ दिएका छैनन् ।

महामन्त्री ढकाललाई रास्वपा अनुशासन समितिले गत शुक्रवार स्पष्टीकरण सोधेको थियो ।

तपाईको प्रतिक्रिया