मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौं – गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिएका छन् । दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।

उनले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले कारबाही गरेपछि पद गुमाएका उनलाई सर्वोच्च अदालतले संसद् फर्काएको थियो ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । पार्टीको ह्विप नमानेको भन्दै नेकपा माओवादी केन्द्रले देवकोटालाई जेठ ३२ गते कारबाही गर्‍यो । सभामुख कृष्णप्रसाद धितालले दल परित्याग गरेको सूचना पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका थिए ।

तर नेकपा माओवादी केन्द्रले गरेको कारबाही विरुद्ध नेपाल समाजवादी पार्टी नेसपाका सांसद देवकोटाले असार ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले माओवादीले कारबाही गर्न नमिल्ने भन्दै अन्तरिम आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया