सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनबाट नेतृत्व सहमतिमै चयन हुने विश्वास व्यक्त गरेका छन् । महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले अरू पार्टी जस्तो सामान्य पार्टी एकीकृत समाजवादी नभएको दाबी गरे । ‘नेपाली समाजमा ठूला–ठूला उथलपुथल भइरहेका छन् । प्रत्येक उथलपुथलमा हामीले अग्रगामी भूमिका खेलेका छौं । हामी सहभागी मात्र होइन, अगुवाइ पनि गरिरहेका छौं ।’ उनले भने, ‘अरू पार्टी जस्तो साधारण पार्टी एकीकृत समाजवादी होइन । त्यतिकै घटनाक्रममा सहभागी हुने पार्टी होइन ।’

घटनाक्रमलाई सूत्रीय हस्तक्षेप गर्ने र अरूलाई पछाडि दौडाउन सक्ने क्षमता पार्टीसँग रहेको उनले बताए । नेपालले आफ्नो पार्टीले नेपालको राजनीतिमा निर्णायक भूमिका खेलेको जिकिर गरे । एकीकृत समाजवादीले १९९ बाट बढाएर २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन लागेको छ ।

तपाईको प्रतिक्रिया