सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले किसानलाई मलको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले गत वर्ष पनि मलको अभाव कम रहेको उल्लेख गर्दै यस वर्ष आवश्यक व्यवस्थापन गरिने बताए।

प्रधानमन्त्री दाहालले वितरण प्रणालीमा समस्या हुँदा मलको अभाव देखिएको भन्दै अब त्यस्तो समस्या आउन नदिने आश्वासन दिए। उनले भने, “धेरै मेहनतपछि अब मल आउँदैछ। तर, वितरण प्रणाली व्यवस्थित नभएपछि जनगुनासो आएको सुनेको छु। यदि वितरण प्रणाली व्यवस्थित गर्दा गत वर्ष पनि मलको अभाव भएको थिएन। यस वर्ष पनि मलको व्यवस्थापन हुनेछ। मलको उचित व्यवस्थापनका साथै राम्रो बीउबिजनको विकास पनि महत्त्वपूर्ण छ।”

प्रधानमन्त्री दाहालले सरकारले खेतीबालीका लागि सिँचाइको अभाव हुन नदिने कुरामा विशेष ध्यान दिएको जानकारी पनि दिए।

तपाईको प्रतिक्रिया