सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीहरूलाई यो जानकारी दिएका हुन्।

नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात अनलाइनबाट प्रमाणीकरण हुनेछन्। सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यो सेवा आबद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो।

खाडीमुलुक, मलेसिया लगायत नेपाली कामदार माग हुने देशका नेपाली राजदूतावासले अनलाइन प्रमाणीकरण अनिवार्य गर्नेछन्। परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकको खोजतलास, उद्धार, शव झिकाउने, राहत, क्षतिपूर्ति, गुनासो सम्बोधनलगायत अनलाइन सेवालाई अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिए।

तपाईको प्रतिक्रिया