सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा फरार रहेका थप एक जना पक्राउ परेका छन्।

शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका व्यक्ति बेचन झा हुन्। यसअघि, प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पनि पक्राउ गरेको थियो।

झामाथि बिचौलियाहरूलाई गृहमन्त्री, सचिव लगायतका उच्च पदाधिकारीसँग भेट गराउन मध्यस्थकर्ताको भूमिका खेलेको आरोप छ। प्रारम्भिक अनुसन्धानमा उनी पक्राउ परेका थिएनन्।

 

 

तपाईको प्रतिक्रिया