सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति भवन शीतल निवासमा एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा रोपाइँ कार्यक्रम सम्पन्न भयो।

आजको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल तथा अन्य विशिष्ट व्यक्तिहरूले सहभागिता जनाएका थिए। राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन गर्नका लागि प्रतिकात्मक रुपमा रोपाइँमा भाग लिएको जानकारी दिए।

“पहिला हाम्रो देशमा फलफूल र तरकारीभन्दा धानको उत्पादन बढी हुन्थ्यो। धनधान्य भए तापनि धान मात्रको प्रयोगले खानामा पोषणतत्वको कमी हुने गर्थ्यो। जब करेसाबारीको विस्तार भयो, धान बाहिरबाट आयात गर्न थालियो,” राष्ट्रपति पौडेलले भने। “यसले असन्तुलन निम्त्यायो। त्यसैले अब सन्तुलित खानपिनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन म प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ।”

तपाईको प्रतिक्रिया