सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

काठमाडौं – गुल्मी र स्याङ्जामा पहिरोमा पुरिएर ६ जनाको जनाको मृत्यु भएको छ भने १ बेपत्ता छन् ।

गुल्मीको मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर भेषबहादुर विक, बुहारी सीता विक, नातिनी सपना विक र बिना विकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । उनकाअनुसार पहिरोमा बेपत्ता भेषबहादुरकी श्रीमतीको खोजी भइरहेको छ ।

स्याङ्जाको फेदिखोला-५ मा शुक्रबार राति साढे ११ बजे आएको पहिरोले घर बगाउँदा दुर्गा जिटी र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको छ । सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहरुलाई पुरेको थियो ।

ढुङगा माटो र टिनले छाएको १ तले घरमा सुतिरहेको जिटी परिवारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए । जिटीको घर नजिकै रहेको गोठमा रहेको एक वटा भैसीको समेत मरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया