सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा रहेको छ । आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ १० पैसा तोकिएको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार भैरहेको छ । यस्तै जापानी येनको मूल्य दशको खरिद दर ८ रुपैयाँ २९ पैसा र बिक्री दर ८ रुपैयाँ ३२ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया