सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

काठमाडौं – पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको छ ।

अदालतमा पेश भएपछि उनको बकपत्र सुरु हुनेछ । बकपत्रपछि उनलाई थुनामा पठाउने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने टुंगो लाग्ने छ । उनलाई बौद्धबाट शुक्रबार साँझ पक्राउ गरिएको हो ।

पक्राउ गरेर जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । थापा नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त हुन् ।

तपाईको प्रतिक्रिया