सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरू फेरि एकता प्रक्रियामा अघि बढिसकेको बताएका छन्। साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरूको शुक्रबार लोकार्पणका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। यद्यपि दाहालले कुन दलसँग एकता प्रक्रिया अघि बढेको भने खुलाएनन् । उनले कुनै पनि दलको नाम उच्चारण नगरी एकता प्रक्रियामा अघि बढिसकेकाले यसमा सबैले भूमिका खेल्नुपर्ने मात्रै भने ।

दाहालले कुन दलसँग एकता नखुलाए पनि पछिल्लो समय माओवादी केन्द्रले नेत्रविक्रम चन्द विप्लवसहित पूर्वमाओवादी घटकसँग एकताका लागि पहल गर्दै आएको छ । उनले गणतन्त्र आएपछि देशमा केही पनि नभएको भाष्य नै गलत भएको पनि बताए ।

प्रधानमन्त्री दाहालले जनताको आशा र अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार्दै, देशमा नकारात्मक सोचाइको प्रभाव बढिरहेको बताए। उनले देशमा विद्यमान सबै नकारात्मक धारणा हटाउन वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एकता आवश्यक रहेको पनि उल्लेख गरे।

तपाईको प्रतिक्रिया