सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मीका कार्यकर्ताहरूले शुक्रबार श्रम तथा रोजगारमन्त्री डीपी अर्यालको पुतला दहन गरेका छन्। आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा, वैदेशिक रोजगारका पीड़ितहरूको न्यायको माग गर्दै श्रममन्त्रीको पुतला जलाइएको हो।

आईटी आर्मीले झन्डै दुई हप्ता देखि काठमाडौंमा आन्दोलन गर्दै आएको छ, तर सरकारले कुनै ठोस कदम चालेको छैन। बिदेश जाने युवाहरूबाट बिना रसीद ठगी गर्ने म्यानपावर र दलालहरूलाई कारबाहीको सट्टा आन्दोलनकारीलाई उत्पीडन गर्नु गलत हो। यसबारे प्रधानमन्त्रीको ध्यान जानु आवश्यक छ, आमजनता पार्टीका अध्यक्ष प्रभु साहले भनेका छन्।

आईटी आर्मीका अनुसार, अवैध रूपमा लिएको रकम फिर्ता गर्नुपर्ने, ठग म्यानपावरलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, र वैदेशिक रोजगार पीड़ितहरूलाई न्याय दिनुपर्ने लगायतका मागहरू सम्बोधन नभएकाले आन्दोलन गरिएको हो। यसअघि, आईटी आर्मीले ११ बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वैदेशिक रोजगार विभागलाई ज्ञापन पत्र बुझाइसकेको छ।

 

तपाईको प्रतिक्रिया