सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साउदी अरेबियाको रियाद शहरमा विश्वको ठूलो एयरपोर्ट निर्माणको घोषणा गरिएको छ। साउदी राजा क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा यो एयरपोर्ट निर्माण गरिनेछ, जो ५७ किलोमिटर क्षेत्रफलमा स्थापना गरिनेछ। यो एयरपोर्टले किङ खालिद एयरपोर्टको स्थानमा निर्माण गरिनेछ।

नयाँ एयरपोर्टमा ६ समान्नतर रनवे, ठूला भवन तथा सपिङमहल पनि रहनेछ। यस एयरपोर्टमा वार्षिक रूपमा करिब १ सय २० मिलियन यात्रुहरूको आवतजावत हुने अनुमान गरिएको छ। यो एयरपोर्टको निर्माणको लागि साउदी साब्रवन वेल्थ फनले सन २०२२ मा घोषणा गरेको थियो, र सन २०३० सम्ममा यो एयरपोर्ट पूरा हुनेछ। यसका साथै टुरिजममा पनि ठूलो सहयोग हुनेको अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया