आइतबार, आषाढ १६, २०८१
Sunday, June 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – माओवादीले सांसदबाट निष्कासन गरेका फणीन्द्र देवकोटालाई सर्वोच्चको अन्तरिम आदेशपछि संसद् बैठकमा प्रवेश दिइएको छ। बिहीबारको बैठकमा सभामुख कृष्ण धितालले तयारी नपुगेको भन्दै देवकोटालाई प्रवेशमा रोक लगाएका थिए।

बुधबार नै देवकोटाको पद थमौती भएको पत्र संसद् सचिवालयमा दर्ता भएको थियो, तर सभामुखले प्रवेश दिएका थिएनन्। मिडियाको आलोचना पछि शुक्रबारको बैठकमा देवकोटालाई प्रवेश दिइएको हो। सभामुखले सर्वोच्च अदालतबाट प्राप्त पत्र पढेर सुनाएपछि देवकोटा बैठकमा उपस्थित हुन पाए।

तपाईको प्रतिक्रिया