सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले यस वर्ष पनि कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै निजी कलेजहरूमा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि अनलाइन आवेदन खुल्ला गरेको छ।

गत आर्थिक वर्षमा महानगरपालिकाले काठमाडौंका निजी कलेजहरूमा अध्ययनरत झन्डै ४ हजार जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको थियो। शिक्षा नियमावली अनुसार, निजी विद्यालयहरूले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षादान गर्नुपर्ने प्रावधान रहेको छ।

यस वर्ष पनि महानगरपालिकाले उक्त १० प्रतिशत विद्यार्थीको छनोट आफैं गर्ने निर्णय गरेको छ। छात्रवृत्ति कोटामा आवेदन दिन इच्छुक विद्यार्थीहरूले असार १५ गते (भोली शनिबार) बिहान १० बजेदेखि असार २९ गते राति ११:५९ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। परीक्षा आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया