आइतबार, आषाढ १६, २०८१
Sunday, June 30, 2024

काठमाडौं – काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा खस्दा कार चालकको मृत्यु भएको हो ।

प्रहरी वृत्त स्वयम्भूकाअनुसार नागर्जुन नगरपालिका-६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया