शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भुसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । खनाल महाधिवेशनको सम्मुखमा आएर अध्यक्षको दाबीबाट पछि हटेका हुन् ।

यसअघि अध्यक्षमा माधवकुमार नेपालसहित झलनाथ खनाल र घनश्याम भुसालले अध्यक्षमा दाबी गर्दै आएका थिए । खनालपछि हटेसँगै उनको साथ भुसाललाई हुने भएको छ ।

‘दुई नेताका बिचमा सहमतिबाटै अघि बढौँ भन्ने कुराकानी भयो । त्यसक्रममा खनालले भुसाललाई र भुसालले खनाललाई सहयोग गर्न आग्रह गर्नुभयो’, खनाल निवास स्रोतले भन्यो, ‘अन्तिममा खनालले तपाईँलाई अध्यक्षमा मेरो साथ रहन्छ भन्नुभयो र त्यसपछि दुवै जना हात मिलाएर छुट्नुभयो ।’

बुधबार बिहान सम्मानित नेता खनालको निवासमा खनाल र भुसालबिच भएको छलफलमा खनालले भुसाललाई साथ दिने सहमति भएको हो ।

तपाईको प्रतिक्रिया