शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतबाट पक्राउ गरेको छ। अदालतले आम आदमी पार्टी (आप)का राष्ट्रिय संयोजक केजरीवाललाई सोधपुछ गर्न अनुमति दिएपछि सीबीआईले उनलाई त्यहीँबाट गिरफ्तार गरेको हो।

अदालतले सीबीआईलाई केजरीवालको गिरफ्तारीका लागि आवश्यक सामग्री रेकर्डमा राख्न निर्देशन दिएको छ। प्रोडक्सन वारेन्टको पालना गर्दै केजरीवाललाई न्यायाधीश अमिताभ रावतको इजलासमा उपस्थित गराइएको थियो। सुनुवाइका क्रममा केजरीवालकी पत्नी सुनीता केजरीवाल, आप नेता दिलीप पाण्डे र राज्यसभा सांसद सञ्जय सिंह अदालतमा उपस्थित भएका थिए। सीबीआईका विशेष सरकारी अभियोजक डीपी सिंहले केजरीवालका वकिलको निवेदनविरुद्ध बहस गरे।

मंगलबार केजरीवालले तिहाड जेलमा पुगेर अन्तःशुल्क नीति प्रकरणसँग सम्बन्धित आफ्नो बयान रेकर्ड गराएका थिए। उनलाई यसै वर्षको मार्च २१ मा प्रवर्तन निर्देशनालयले अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोगमा पहिलोपल्ट गिरफ्तार गरेको थियो। यस मुद्दामा केजरीवालले पटक–पटक न्यायिक हिरासतमा बस्नुपरेको छ।

तपाईको प्रतिक्रिया