Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले गृहमन्त्रीलाई काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि सार्न आग्रह गरेको छ। बुधबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर एमाले नेता कृष्णगोपाल श्रेष्ठसहितका नेताहरूले यस्तो आग्रह गरेका हुन्।

सरकारले साउन १ देखि सार्वजनिक सेवाहरू लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ, जसमा वृद्ध भत्ता पनि समावेश छ। नेताहरूले सबैलाई समयमा परिचयपत्र उपलब्ध गराउन नसकिने भन्दै भत्ता रोक्न नपरोस् भन्ने माग गरेका छन्।

श्रेष्ठले गृहमन्त्रीले आग्रहलाई सकारात्मक रूपमा लिएको र आवश्यक पर्दा समय थप गर्न सहमति दिएको बताएका छन्।

तपाईको प्रतिक्रिया