Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ओपेक फण्डलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। उनले भिएनामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटमा नेपालमा लगानीको अपार सम्भावना रहेको बताए। ढकालले नेपाल चीन र भारतको बीचमा रहेकोले दुई देशको बजार, पर्यटन, र विकासको फाइदा लिन सक्ने बताए।

उनले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत क्षेत्रहरूमा लगानीको ठूलो सम्भावना रहेको र नेपाल-भारत दीर्घकालिन विद्युत् व्यापार सम्झौताले जलविद्युत् तथा नवीकरणीय ऊर्जामा लगानीको अवसर दिएको जानकारी दिए। ओपेक फण्डका अध्यक्ष अल्खलिफाले नेपालमा फण्डले गरेको लगानीको चर्चा गर्दै नवीकरणीय ऊर्जा, जलविद्युत् तथा साना तथा मझौला उद्योगको प्रवर्द्धनमा थप लगानी गर्न तयार रहेको बताए।

उपाध्यक्ष तारेक अलनासरले पनि नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको बताए। ओपेक फण्डले ग्लोबल आईएमई बैंकलाई २५ मिलियन डलर ऋण दिने सम्झौतामा हस्ताक्षर गरेको छ।

तपाईको प्रतिक्रिया