Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आज पनि संवैधानिक इजलासले फैसला नसुनाउने भएको छ ।

आजका लागि फैसला सुनाउने भनिएको सो रिटको पेसी स्थगितको सूचीमा परेको छ । गत जेठ २३ गते अन्तिम सुनुवाइ सकिएपछि आजका लागि फैसला मिती तोकिएको थियो, तर अब नयाँ पेशी तोकेर निर्णय सुनाइनेछ।

यो मुद्दा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र अन्य न्यायाधीशहरूको इजलासमा सुनुवाइ भएको थियो। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट दायर गरेकी थिइन्। माओवादी द्वन्द्वका क्रममा २०६२ साल वैशाखमा अर्जुन लामाको हत्या भएको थियो।

 

 

तपाईको प्रतिक्रिया