Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कैलालीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा जोशीपुर–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ का २७ वर्षीय शालिम चौधरी छन्।

बुधबार बिहान खेतमा काम गरिरहेका बेला चट्याङ पर्दा डगौरा र चौधरीको मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए।

डगौरालाई आफन्तहरूले स्थानीय महापार्वती क्लिनिकमा लगेका थिए, जहाँ उनको मृत्यु भयो। चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो, जहाँ उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया