शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्यमा गिरावट आएको छ।

मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रति तोला सात सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रति तोला एक लाख ४१ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रति तोला एक लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रति तोला एक लाख ४२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रति तोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रति तोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको १८ सय १५ रुपैयाँभन्दा २५ रुपैयाँ कम हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रति औंस २३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया