Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति पौडेल र उपविदेशमन्त्री सुनबीच दुई देशबीचको हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले चीनलाई नेपालको प्रमुख र दीर्घकालीन विकास साझेदारको रूपमा स्वीकार गर्दै, चीनले नेपालका विकास प्रयासहरूमा सदैव महत्वपूर्ण योगदान पुर्‍याएको कुरा उल्लेख गरे। साथै, नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुने सन्दर्भमा चीनले आगामी दिनहरूमा पनि निरन्तर सहयोग जारी राख्ने विश्वास व्यक्त गरे।

पौडेलले नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध सुमधुर रहेको र चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोजस्ता व्यक्तिहरूले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदानप्रदानमा ठूलो योगदान पुर्‍याएको बताए।

 

 

तपाईको प्रतिक्रिया