शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधि सभाले मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको हो। बैठकको अध्यक्षता गरेकी उपसभामुख इन्दिरा रानाले बहुमतको आधारमा बजेट पारित भएको घोषणा गरिन्।

यसअघि, अर्थमन्त्री पुनले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए। उनले बजेटले अर्थतन्त्र सुधार्न मद्दत गर्ने कुरा स्पष्ट पारे। बजेटमाथिको छलफलका क्रममा ३१ जना सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए। ती सबै प्रस्ताव बहुमतले अस्वीकृत भए।

खर्च कटौतीका प्रस्ताव राख्ने सांसदहरूमा प्रेम सुवाल, अमरेशकुमार सिंह, बद्रीप्रसाद पाण्डेय, रमा कोइराला, सञ्जयकुमार गौतम, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य, जीवन परियार, दीलेन्द्रप्रसाद बडू, बीना लामा, रुपा विक, ज्ञानबहादुर शाही, शान्ति विक, रोशन कार्की, नागिना यादव, तेजुलाल चौधरी, मैना कार्की, राजेन्द्र बजगाइँ, धवलशमशेर जबरा, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङ्देन, श्यामकुमार घिमिरे, बुद्धिमान तामाङ, हृदयराम थानी, उदयशमशेर राणा, प्रदीप पौडेल, चन्दा चौधरी, ध्रुवबहादुर प्रधान र पुष्पबहादुर शाह रहेका थिए।

 

 

तपाईको प्रतिक्रिया