शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि सभापति रवि लामिछानेलाई सहकारी ठगीबाट कसरी जोगाउने भन्ने चिन्तामा रहेको आरोप लगाएका छन्। मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शर्माले रास्वपाले आफ्नो सभापतिलाई ठगी मुद्दाबाट बचाउन कसरी सकिन्छ भन्ने मात्रै सोचिरहेको बताए।

‘रास्वपाको मुख्य चिन्ता आफ्ना सभापतिलाई सहकारी ठगीको अभियोगबाट बचाउनेमा छ,’ शर्माले भने। शर्माले नेकपा (एमाले) प्रती पनि टिप्पणी गर्दै गिरीबन्धु टी-इस्टेट प्रकरणमा पार्टीका अध्यक्षलाई कसरी जोगाउने भन्ने चासो रहेको बताए। ‘एमालेको प्राथमिकता गिरीबन्धुको ठगीबाट अध्यक्षलाई जोगाउनमा छ,’ उनले थपे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै शर्माले उनको ध्यान बहुमत जोगाउनमा मात्र रहेको र प्रधानमन्त्री पदको गरिमा बिर्सिएको बताए। ‘प्रचण्डजीलाई गणितको रक्षा गर्ने मात्र चिन्ता छ। प्रधानमन्त्री पदको सान र सम्मानलाई बिर्सिनुभएको छ,’ शर्माले भने।

 

 

तपाईको प्रतिक्रिया