शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गरेको आरोपमा ललितपुर महानगरपालिका-८ का ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई गौशालाबाट पक्राउ गरेको हो।

पीडितलाई २०८० चैत १९ गते दुबईबाट उद्दार गरिसकेपछि थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबको प्रलोभनमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाउने बहानामा २ लाख ९० हजार रूपैयाँ लिएर २०८० फागुन ७ गते दुबई पुर्‍याएको पत्ता लागेको छ। उनले पीडितलाई घरेलु कामदार एजेन्टको अफिसमा लगेर बेचबिखन गरेपछि शारीरिक तथा मानसिक यातना दिएर विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा चरम श्रम शोषण गरेका थिए।

अनुसन्धानको क्रममा महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको पाइएको छ। उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ।

 

 

तपाईको प्रतिक्रिया