Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – झापामा आज बिहान चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। मृतकमध्ये एक, ४६ वर्षीय राजन खड्का, कमल गाउँपालिका-२ का बासिन्दा हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दका अनुसार खड्का बिहान खेततर्फ जाने क्रममा चट्याङले घाइते भएका थिए र दमकस्थित आम्दा अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

अर्का मृतक ४२ वर्षीय विकास गिरी, गौरीगञ्ज गाउँपालिका-८ का निवासी हुन्। गिरीलाई गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा चट्याङ लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको प्रवक्ता चन्दले जानकारी दिए।

तपाईको प्रतिक्रिया