शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं – इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि ८ सय नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगारले सूचना प्रकाशित गरी ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो ।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ । योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिनेछ । ८ सय जना माग भएको मध्ये ५ सयजना मुख्य उम्मेदवार हुनेछन् । त्यसमा तीन सय जनालाई वैकल्पिकमा राखिने छ ।

तपाईको प्रतिक्रिया