शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जाँदैछ । रिमाल नेतृत्वको ३० सदस्यीय उक्त टोली चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा १० दिने चीन भ्रमणमा जान लागेको हो ।

टोलीले भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीको उच्च तहका नेतासँग भेटवार्ता गर्ने एमालेले जनाएको छ । उक्त नेताका टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले आवश्यक निर्देशनसहित सोमबार बिदाइ गरेका थिए ।

भ्रमण टोलीमा एमाले सांसद महेश बस्नेत, नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, लालबहादुर थापा, इन्दिरादेवी गौतमलगायत छन् ।

तपाईको प्रतिक्रिया