शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं – साविक विजेता इटाली क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिममा बराबरी गोल गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको ५५औं मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो । त्यसअघि मोड्रिच पेनाल्टीमा गोल गर्न असफल भएका थिए । उनको पेनाल्टी इटालियन गोलरक्षक डोनारुमाले बचाएका थिए ।

मोड्रिचको गोलमा क्रोएसिया दोस्रो चरणको संघारमा पुगेको थियो तर, क्रोएसियाको प्रयासमा इटाली बाधक बन्यो । इन्ज्युरी समयको आठौं मिनेटमा रिकार्डो कालाफिओरीको पासमा बक्सको छेउबाट माटिया जाकाग्नीले गोल गरेपछि समूहको उप विजेताका रुपमा इटाली अन्तिम १६ मा पुगेको हो ।

इटालीको ३ खेलमा ४ अंक हुँदा क्रोएसियाको ३ खेलमा २ अंक मात्र छ । समूहमा तेस्रो हुने मध्ये शीर्ष ४ मा रहँदै अर्को चरण पुग्ने क्रोएसियाको सम्भावना कम छ । अल्बानिया १ अंक सहित समूहको पुछारमा छ । स्पेन शत प्रतिशत नतिजा सहित समूहको शीर्ष स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया