शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजना हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।

चौथो समिट यही असार १२ देखि १३ गतेसम्म सञ्चालन हुनेछ। समिटमा भाग लिन गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका आइजी राजु अर्याल लगायतको टोली आज अमेरिका प्रस्थान गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया