शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राम्रो प्रधानमन्त्रीको सट्टा राम्रो जादुगरको रूपमा आएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा अस्थिरताको चुनौती कायम रहेको बताए।

प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्याभन्दा जादुमा विश्वास गरेको भन्दै लेखकले देशलाई राम्रो प्रधानमन्त्रीको आवश्यकता रहेको तर प्रधानमन्त्री राम्रो जादुगर बनेर आएको टिप्पणी गरे। उनले नेपाली नागरिकले विडम्बनापूर्ण अवस्थामा बाँच्नुपरेको बताए।

लेखकले हाल नेपाली नागरिकहरूले धेरै चुनौतीहरूको सामना गरिरहेको बताए। उनले मुलुकमा स्थिरता, समृद्धि, उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको धारणा व्यक्त गरे। साथै, लोकतन्त्र विचारको बजार भएको बताए।

 

तपाईको प्रतिक्रिया