Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँनेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले कांग्रेसभित्र फोहोर कम भए पनि सफा गर्ने मानिसहरू धेरै रहेको उल्लेख गर्दै केही व्यक्तिहरूका कारण पार्टी बदनाम भएको बताए।

उनले सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट हटाउनुपर्ने स्थिति बनाउनुपर्ने धारणा व्यक्त गरे। नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने र चुनाव जित्नेमै सीमित भएको पनि उनले बताए।

महामन्त्री थापाले कांग्रेसमा योगदान दिएका व्यक्तिहरूलाई गाउँ-गाउँबाट खोज्न आवश्यक रहेको बताए। “कांग्रेसमा योगदान दिने व्यक्तिहरूलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक छ। कांग्रेसभित्रको फोहोर सफा गर्न हामीले ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर सफा हुँदैन,” उनले भने।

थापाले प्रधानमन्त्री बन्नेहरूलाई म किन प्रधानमन्त्री बनेको हुँ भन्ने कुराको जानकारी नै नभएको पनि उल्लेख गरे।

 

 

तपाईको प्रतिक्रिया