शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गएरातिको वर्षापछिको बाढीले मेलम्ची नगरपालिका-११ को फट्टेमा रहेको अस्थायी पुल बगाएको छ, जसको जानकारी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले दिएका छन्।

विसं २०७८ मा बाढीले स्थायी पुल बगाएपछि ह्युमपाइप प्रयोग गरी अस्थायी पुल निर्माण गरिएको थियो। यो पुलले मेलम्ची बजारलाई मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८, पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर १ र २, साथै हेलम्बुको केही वडासँग जोड्दै आएको थियो।

पुल बग्दा वडाभित्र एक गाउँबाट अर्को गाउँमा जान कठिनाई भएको छ। प्रमुख तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको छ र अब ह्युमपाइप झिकेर सुरक्षित राखिने योजना छ।

तपाईको प्रतिक्रिया