शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मुख्य सचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स र सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बन भएका हुन्।

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ अनुसार उनी स्वतः निलम्बन भएका हुन्। यो दफामा, सार्वजनिक पद धारण गरेको व्यक्ति विरुद्ध मुद्दा दायर भएमा, मुद्दा किनारा नलागेसम्म स्वतः निलम्बित हुने व्यवस्था छ।

मुख्य सचिव अर्यालले राजीनामासहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटे पनि राजीनामा भने दिएका थिएनन्। अख्तियारले अनुसन्धानपछि सञ्चार सचिव अर्यालले डेढ अर्बभन्दा बढीको भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ।

तपाईको प्रतिक्रिया