शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सडकमा हिँडिरहेका मानिसहरूलाई अनावश्यक हैरानी दिने ६ जना तेस्रोलिङ्गीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका–३ चटकपुर स्थित सडकबाट उनीहरूलाई वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेहरूमा पर्सा बस्ने २५ वर्षीया उर्मिला तावा, कैलाली घर भएकी १९ वर्षीया रेनुसिंह ठकरी, कैलालीकै १८ वर्षीया पारु ठकुरी, कैलाली घर भएकी १९ वर्षीया अनु मगर, कञ्चनपुरकी १९ वर्षीया निशा खड्का र बझाङकी १८ वर्षीया निशा बोहरा छन् ।

बोहराका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया