Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बैतडीको शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको शव फेला परेको छ।

शिवनाथ गाउँपालिकाको स्वालामा बस्ने १३ वर्षीया रजनी चाड र १२ वर्षीया अस्मिता चाड महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कुस्मौताघाटको टोलीले खोजी कार्यको क्रममा रजनी चाडको शव फेला पारेको जनाएको छ। अस्मिता चाड भने अझै बेपत्ता रहेकी छन् र उनको खोजी कार्य जारी छ।

 

 

तपाईको प्रतिक्रिया