Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राष्ट्रिय महाधिवेशन अब छिट्टै हुने घोषणा गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अब छिट्टै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनको मिति तय गरिने उल्लेख गरे । ‘मैले आफ्नो ठाउँबाट फेरि, समाजवादी क्रान्तिको निम्ति हामी अब महाधिवेशनतिर जान्छौँ । अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ,’ उनले भने ।

समाजवादी क्रान्तिको नेतृत्व पार्टीले लिनुपर्ने भएकाले विचार संश्लेषण गरेर अघि बढ्न पनि महाधिवेशनको मिति तोक्न ढिलाइ गर्ने अवस्था नरहेको उनले बताए । ‘नयाँ विचार संश्लेषण गर्छौँ । नयाँ अभियानसहित लैजान्छौँ । र, गणतन्त्रको सुदृढीकरणसहित देशलाई अघि बढाउन यही पार्टीले सक्छ भन्ने विश्वास दिलाएर छाड्छौँ,’ उनले भने ।

उनले आउँदो महाधिवेशनले पार्टीलाई नयाँ अभियानसहित अघि बढाउने जिकिर गरे । त्यसले पार्टीलाई देशलाई अघि बढाउने सबैभन्दा भरपर्दो शक्तिका रूपमा स्थापित गराउने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया