शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने प्रतिबद्धता जनाएका छन्। आगामी राष्ट्रपतीय निर्वाचनका उम्मेदवार ट्रम्पले एक पोडकास्टमा यस कदमले प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा बस्न अनुमति दिने बताए। ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित भए प्रतिभाशाली व्यक्तिहरूलाई देशमै राख्न के योजना बनाउनुहुन्छ भन्ने प्रश्न सोधिएको थियो।

उनले भने, “अमेरिकी कलेजहरूबाट स्नातक गर्ने विद्यार्थीहरूलाई तुरून्तै ग्रीन कार्ड दिइनुपर्छ। यसले उनीहरूलाई अमेरिकामा बसेर यहाँको विकासमा सहयोग गर्न अवसर दिनेछ।” ट्रम्पले अमेरिकाले उच्च दक्षता भएका विद्यार्थीहरूलाई रोक्ने प्रयास गर्नुपर्ने र यस योजनाबाट देशलाई फाइदा पुग्ने उल्लेख गरे। उनले अमेरिकाबाट स्नातक गरे पनि ग्रीन कार्ड नभएकाले धेरै प्रतिभाशाली व्यक्तिहरू स्वदेश फर्कनुपरेको बताए।

यद्यपि, आप्रवासी मुद्दामा ट्रम्पको कडा अडान छ, जसले उनको यस भनाइलाई राष्ट्रपति बाइडेनको नयाँ नागरिकता नीतिको विपक्षमा रहेको कट्टरपन्थी दृष्टिकोणको रूपमा हेरिएको छ।

 

 

तपाईको प्रतिक्रिया