Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौँ महानगरपालिका–२७, असनस्थित ऐतिहासिक सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ।

१९९० सालको भूकम्प थेगेको यो सम्पदा २०७२ सालमा भत्केपछि पुनःनिर्माणमा गुठी संस्थान र काठमाडौँ महानगरपालिकाबीच केही समय विवाद भएको थियो।

वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीका अनुसार, महानगरअन्तर्गतको यो सम्पदाको पुनःनिर्माण वडाको पहलमा सुरु गरिएको हो। पुनःनिर्माणको लागत दुई करोड ४९ लाख ३७ हजार रुपैयाँ रहेको छ र तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ, जसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ। सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि मनाइन्छ।

विसं २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गर्थे। ल्हासा–काठमाडौँ यात्राका क्रममा कुनै रोगको सङ्क्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने विश्वासले उनीहरू एकान्तबास बस्ने गरेको वडा अध्यक्ष खड्गीले बताए।

 

 

तपाईको प्रतिक्रिया