Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको हिमाञ्चल प्रदेशको सिम्लामा शुक्रबार बिहान भएको बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ, जसमध्ये दुई जना नेपाली रहेका छन्। हिमाञ्चल प्रदेश रोड ट्रान्सपोर्ट कर्पोरेसन (एचआरटीसी) को उक्त बस दुर्घटनामा चालक करम दास, सहचालक राकेश कुमार र दुई नेपाली यात्रु वीरमा देवी र धन शाहको ज्यान गएको छ।

चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ। जुबल सब स्टेसन सिम्लामा बिहान ६:४५ बजे उक्त दुर्घटना भएको हो। एचआरटीसीका प्रबन्ध निर्देशक रोहनचन्द ठाकुरका अनुसार बसमा चालक र सहचालकबाहेक पाँच यात्रु सवार थिए।

कुडडुबाट गिल्टारी गाउँतर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको हो। यस दुर्घटनामा जियेन्दर रंगता, दीपिका ठाकुर र हस्तबहादुर गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय रोहरु अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया