Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक दलहरूले पुराना दलहरूलाई सम्मान गर्न नसकेको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ।

काठमाडौँमा आज सम्पन्न नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका राजनीतिक दल र पार्टीहरूले दशकौँ लामो सङ्घर्ष र बलिदानपछि देशलाई लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गराएको स्मरण गराउनुभयो। उहाँले नयाँ राजनीतिक दलहरूले यो तथ्य बिर्सेर पुराना दलहरूको अपमान गरिरहेको आरोप लगाउनुभयो।

प्रधानमन्त्री प्रचण्डले नयाँ राजनीतिक दलहरूले बोल्दा सतर्क रहनुपर्ने र पुराना दलहरूको प्रशंसा गर्नुपर्ने ठाउँमा अपमान गरिरहेको उल्लेख गर्नुभयो। साथै, उहाँले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्याहरूलाई पनि सम्बोधन गर्ने गरी काम गरिरहेको जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया