Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट निवेदन आज सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ। समय अभावका कारण सर्वोच्च अदालतले यो मुद्दाको सुनुवाई असार १८ गतेका लागि स्थगित गरेको हो।

रिट निवेदनमा गृहमन्त्री लामिछानेलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग गरिएको छ। यसबारेमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ।

रिटमा रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र खारेज गर्न पनि माग गरिएको छ। यस विषयमा न्यायाधीश सपना प्रधान र सारंगा सुवेदीको इजलासमा बहस भएको थियो। अब गृहमन्त्री लामिछानेको पक्षबाट मात्रै बहस बाँकी छ।

यसअघि सर्वोच्च अदालतले रूपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम सहकारी ठगीसम्बन्धी मिसिल झिकाउने आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया