Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रहरीले मकवानपुरको हेटौँडाबाट लगभग तीन करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार, काठमाण्डौबाट दिल्ली जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बसबाट ५८ प्याकेट भेपसहित पाँच जनालाई पक्राउ गरिएको छ। भेपको कुल मूल्य दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ रहेको छ।

पक्राउ परेकाहरूमा बस चालक दोलखाको भीमेश्वर नगरपालिका–२ का कासलाम मोक्तान, सहचालक उदयपुरको कटारी नगरपालिका–११ का प्रविन्द्र राना, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का इन्द्रबहादुर दर्जी, सन्तोष भुसाल, र धनकुटाको बेलारा नगरपालिका–१६ का राजकुमार हिमाङ रहेका छन्।

एसपी रिजालले जानकारी दिएअनुसार, बसमा यात्रुको सिटमाथि सिलिङको भागमा ‘फल्स बटम’ बनाई त्यसभित्र भेप लुकाइएको थियो। यो बस नियमित रुपमा काठमाण्डौ–दिल्ली चल्ने नभई केही व्यक्तिले एक महिनाअघि यात्रुलाई भारत घुमाउने उद्देश्यले भारतीय दूतावासबाट ‘रोड पर्मिट’ लिएको पाइएको छ।

बरामद भएका भेप र पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको एसपी रिजालले बताएका छन्।

तपाईको प्रतिक्रिया