Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । मकवानपुरको प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान २४ वर्षीय सन्तोष बोट पक्राउ परेका हुन् ।

कञ्चनपुर घर भएका प्रहरी जवानविरुद्ध ८ कक्षामा अध्ययनरत १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए । उनी १६ जेठमै पक्राउ परेका थिए । उनले अभिभावकविहीन किशोरीलाई प्रेमको बहानामा पटक पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

किशोरीले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवानले पटक पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् । पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया