Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

टोकियो – नेपालीहरूको बाक्लो बसोबास रहेको जापानको चिवा क्षेत्रमा ‘नेपाल फेस्टिभल चिवा-२०२४’ हुने भएको छ । आगामी सेप्टेम्बर २२ आइतबार चिवाको माचुदो सहरमा फेस्टिभल आयोजना हुने भएको हो ।

चिवा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको भेलाले राजनबाबु सुवेदीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान चिवा क्षेत्रीय समितिका संयोजक समीर खडकाले जानकारी दिए । उनकाअनुसार भेलामा मूल आयोजक समितिसँगै विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ ।

नेपाली राजदूतावास जापान, माचुदो सिटी तथा एनआरएनए जापानको विशेष सहयोगमा जापानीहरूमा नेपाली कला, संस्कृतिसहित नेपालको पर्यटन प्रवर्द्धनका लागि पहिलो पटक चिवामा फेस्टिभल आयोजना गर्न लागिएको संयोजक सुवेदीले जानकारी दिए । एकदिन सञ्चालन हुने फेस्टिभलमा नेपालको कला संस्कृति प्रदर्शनी, नेपाली परिकारका स्टल सहित विभिन्न कार्यक्रमहरू गरि जापानीहरूमा नेपालबारे जानकारी गराइने उनको भनाई छ ।

सोही अवसरमा भेलालाई सम्बोधन गर्दै एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले नेपाललाई जापानीहरू माझ चिनाउन हरेक क्षेत्रमा विविध क्रियाकलाप अन्तरगत चिवामा फेस्टिभल आयोजना हुनुले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यसैबीच सोही भेलामा नेपाल फेस्टिभल चिवाको पोस्टर सार्वजनिक गरिएको थियो । सो अवसरमा चिवा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसहित  व्यवसायी, पत्रकार तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।***

तपाईको प्रतिक्रिया